Techie IT
  • १७ साउन २०८३, आईतबार
  • काठमाडौं
Khoj Mission News

ब्राइट फ्युचरलाई उपत्यकाव्यापी ‘तुलसीलाल रनिङ शिल्ड,नगद ५० हजारसहित पूर्वराष्ट्रपति भण्डारीबाट पुरस्कृत हुने


ललितपुर । ललितपुरको धापाखेलस्थित रिजेन्ट रेसिडेन्सियल स्कुलमा आयोजित उपत्यकाव्यापी तुलसीलाल हाजिरजवाफ प्रतियोगिताको फाइनल चरण शनीवार सम्पन्न भएको छ । उपत्यकाका विभिन्न विद्यालयबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै ललितपुर महानगरपालिका सातदोबाटो १५ मा रहेको ब्राइट फ्युचर माध्यमिक विद्यालयले रनिङ शिल्डसहित प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा कञ्चन माध्यमिक विद्यालय, गोदावरी दोस्रो तथा लिटिल स्टार माध्यमिक विद्यालय, गोदावरी तेस्रो स्थानमा रहे । त्यस्तै एमर्याल्ड माध्यमिक विद्यालय, गोदावरी चौथो हुन सफल भयो । प्रभात माध्यमिक विद्यालय, ललितपुर महानगरपालिका र विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौंले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।

विद्यार्थीहरूको ज्ञान, तर्क क्षमता र द्रुत निर्णय क्षमताको परीक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा तुलसीलाल अमात्यको जीवन र योगदान, विज्ञान तथा प्रविधि, नेपाली भाषा तथा साहित्य, इतिहास तथा भूगोल, खेलकुद, समसामयिक विषयवस्तु, आईसीटी, अडियो–भिजुअल तथा र्यापिड फायर लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई ४० हजार रुपैयाँ, तेस्रो हुनेलाई ३० हजार रुपैयाँ तथा चौथो हुने टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विजेता विद्यालय तथा विद्यार्थीहरूलाई साउन १७ गते आयोजना हुने विशेष समारोहमा नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसर पारेर तुल्सीलाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त कार्यक्रममा शिक्षा, राजनीति, सामाजिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने जनाइएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode