Techie IT
  • २७ जेठ २०८३, बुधबार
  • काठमाडौं
Khoj Mission News

वैदेशिक रोजगार -१० महिनामा झण्डै १३ सय नेपालीको मृत्यु


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा झण्डै १३ सय नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार २०८२ साउन १ गतदेखि २०८३ वैशाख मसान्तसम्मको अवधिमा एक हजार २९४ जना नेपालीको मृत्यृ वैदेशिक रोजगारीका क्रममा भएको छ । २०८३ वैशाख महिनामा मात्र १५३ जना नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले देखाउँछ ।

बोर्डको विवरणअनुसार पछिल्लो १० वर्ष १० महिनामा वैदेशिक रोजगारीका सिलसिलामा ११ हजार ९८८ जना नेपालीको मृत्यु भएको छ ।वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीले ज्यान गुमाएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जना, २०७८/७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना, २०८१/८२ मा एक हजार ५८३ जना र चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो १० महिनामा एक हजार २९४ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको बोर्डको तथ्यांकले देखाउँछ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode