Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

रवि लामिछानेका सवारी चालक थापाको मृत्यु


ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार दिउँसो १ बजेर ३४ मिनेटमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

 

 


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode