Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

तनहुँ १ : शंकर भण्डारीको वडामा कमजोर देखिएको कांग्रेस रेशम गुरुङको वडामा सन्तोषजनक


तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको भन्दा करिब दोब्बर मत पाएको छ । केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन् ।

१६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाए । प्रभावशाली नेता भण्डारीको ठाँउमा कांग्रेस कमजोर बन्दा तनहुँ कांग्रेसका पूर्व कोषाध्यक्ष रेशम गुरुङको वडामा भने कांग्रेसले मत जोगाउन सफल भएको छ । जिल्लाका कांग्रेसका ठूला भनिएका नेताहरुको ठाउँमा रास्वपाले पछि पर्दा गुरुङको वडा बन्दिपुर २ मा भने कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको हो । उक्त वडामा जम्मा खसेको मत १३८३ मध्ये रुखमा ५८६, घण्टीमा ५५९ र सुर्यमा २०१ मत खसेको छ ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । सुरुदेखि नै अग्रता लिएका रास्वपाका वाग्लेलाई कांग्रेसका भट्टराईले पछ्याइरहेका छन् । तेस्रो स्थानमा एमालेका सर्वेन्द्र खनाल छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode