Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

नेकपा एस परित्याग गरेका मुकुन्द न्यौपाने खनिए घनश्याम भुसालमाथि, माधब नेपाल पनि निशानामा


काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानले पार्टीका शिर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी सुधारका लागि आफुले ३३ बुँदे लिखित सुझाव नै दिएपनि उल्टै आफुलाई स्पष्टिकरण सोधिएपछि पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाई छ ।

न्यौपानेले सत्तागठबन्धनको दलदलमा पार्टी पद्धती र प्रक्रिया बिपरित नेताहरु फसेको आरोप लगाए । स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा निर्वाचनसम्म आउदा नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र सवै आफ्नो स्वार्थमा निहित भएको उनको भनाई छ । न्यौपानेले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक हुनका लागि पार्टी परित्याग गरेको पनि स्पष्ट पारेका छन् ।

नेकपा एसमा आबद्ध गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा रहेको न्यौपानेले बताएका छन् । न्यौपानेले झलनाथ खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचबाट असहमत रहेको भन्दै एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए नेकपा एसको दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने तयारीमा रहेको बताए ।

उनले आफूलाई स्पष्टीकरण सोध्ने महासचिव घनश्याम भुसालको विगत र वर्तमान स्मरण गराउँदै प्रश्न गरेका छन् ।

न्यौपानेले भनेका छन्– नेकपा एसका महासचिवलाई के कुरा स्मरण गराउन चाहन्छु भने विद्रोहमा म भन्दा तपाईँहरू दुई गुना चर्को हुनुहुन्थ्यो । ।।तपाई भर्खरै मात्र यो पार्टीमा फर्कनु भएको छ । पार्टी गठनदेखि आउँदा यो पार्टीभित्र सचिवालयको नाउँमा भएका छलछामहरू फेहेरिस्त पल्टाउने हो भने मार्क्स र लेनिनको आत्मा पनि आश्चर्यमा पर्थ्यो होला ।

न्यौपानेले समानुपातिक उम्मेदवार टुंगो लगाउँदा प्रदेश इन्चार्जहरूलाई छलिएको,गोप्य बैठकहरू बसेको र पार्टीमा पोर्टफोलियो तोक्दा घनेन्द्र बस्नेत, केदार न्यौपाने जस्ता नेताहरूको अपमान गरिएको विषय समेत उठाएका छन् ।

न्यौपानेले आफूमाथि सामाजिक सञ्जाल र मिडियामा गोप्य कुरा किन लेखेको भनेर महासचिव घनश्याम भुसालले सोधेकोमा उल्टै उनैमाथि प्रतिप्रश्न गरेका छन् ।

न्यौपानेको प्रश्न छ– म तपाईलाई प्रश्न एउटा प्रश्न सोध्छु, तपाईँले कुन पार्टीमा बस्दा आफ्नो कुरा गोप्य राख्नु भएको छ रु २०४९ सालमा मदन भण्डारीको जनताको बहुदलीय जनवादको विरुद्ध फरक राख्दा के त्यो गोप्य थियो ? २०५४ सालमा पार्टी फुटाउँदा ती कुरा गोप्य थिए ? हामी एकीकृत समाजवादीमा आउँदा तपाईँले एमालेमा बसेर विभिन्न मञ्चमा बोल्नुभएका कुरा केपी ओलीका आलोचनाहरू एमालेको नेतृत्वबाट अनुमति लिनुभएको थियो ?


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode