Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सभामुखको रोहबरमा पहिलोपटक प्रचण्ड, देउवा र ओली एकसाथ, टिआरसी विधेयकमा विवाद


काठमाण्डौ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सभामुख घिमिरेको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताको छलफल भएको हो ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रतिक्रिया दिए । विचाराधिन विधेयकहरु कसरी टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको उनको भनाई छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी)लाई फास्ट ट्रयाकबाट पारित गराउने सरकारको तयारी रहेको दाहालले जानकारी दिए । बैठकमा दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेका थिए ।

संक्रमणकालीन न्याय सम्बन्धी, संवैधानिक परिषद् र सम्पती शुद्धिकरण सम्बन्धी बिधेयकलाई छिटो टुङ्गो लगाउने बिषयमा छलफल भएको दाहालले जानकारी दिए ।

तर एमाले अध्यक्ष ओलीले भने टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराउन नहुने अडान लिएका छन् । बैठकपछि प्रतिक्रिया दिँदै ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याक भन्दा पनि समितिमा लैजानुपर्ने बताए ।

त्यसैगरी सभामुख घिमिरेले समसामयिक विषयमा छलफल गरेको जानकारी दिए । दलहरुबीच विभिन्न विषयमा विमति रहेका बेला एकजुट बनाउने प्रयास गरेको उनले बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने बिषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरुले जनाएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode