परिवर्तन धरापमा पर्ने खतरा छ : प्रचण्ड
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन् । बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महशुस गर्ने गरि काम गर्न आफु लागिपरेको भन्दै अव पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताएका हुन् ।
उनले केहि दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने धारणा राखे । यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केहि भिन्न र नयाँ हुने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सवै मिलेर अर्थतन्त्र लगाएतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताए । संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उहाले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताए ।
माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पनि बताए । प्रचण्डले नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान नभएकाले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ छ ।
((
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया