माधव नेपालमाथि एमालेले पूर्वाग्रह राखेको छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन् । एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहिले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूवाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका हुन् । उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताए ।
नागरिकको लेखापरिक्षणमा बेरुजु निस्कीए जोसुकै पनि दण्डका भागेदार हुनुपर्ने उनको भनाइ छ । त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको बिपक्षमा एमाले अडिक रहेको बताए । बंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उहले बताए ।
पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे । उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससंगै मूल प्रतिपष्र्धा हुने बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया