Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

गठबन्धन संस्कृतिको विकल्प छैन : देउवा


काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपरेको बताएका हुन् । गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प नै नभएको देउवाको जिकिर छ । तर राजनीतिक गठबन्धनहरु आत्मकेन्द्रित, स्वार्थ प्रेरित र क्षणिक अस्थिरता ल्याउनका लागि बनाउन नहुने देउवाले स्पष्ट पारेका छन् ।

कुनै पनि गठबन्धन देश र जनताको पक्षमा संविधानको रक्षा, विकास तथा अमन चयनमा केन्द्रीत हुनुपर्ने देउवाको भनाई छ । पुस २६ गते पनि संविधानको रक्षा र स्थिरिताका लागि सरकारलाई विश्वासको मत दिएको भन्दै अहिले पनि त्यसको पक्षमा उभिदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइएको उनको भनाई छ ।

निर्वाचनपछि संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेकोले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि पुष २६ गते पनि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेको स्मरण गरे । अहिले पनि कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनेसमेत बताए । सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode