Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

रेडक्रसमा भाडमैलौ-कर्मचारीले खोसे पदाधिकारीको गाडी,कार्यकक्षमा ताला लगाए


ललितपुर । नेपाल रेडक्रस सोसाइटीका कर्मचारीले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइएफआरसीले समानान्तर रुपमा रहेका दुई कमिटीलाई नै मान्यता नदिएपछि कर्मचारीहरुले पदाधिकारीको कार्यकक्ष तालाबन्दी गरेका हुन् ।

संस्थामा सुदर्शन नेपाल र विशाल भण्डारी नेतृत्वका दुई कार्यसमिति छन्। विवादका कारणले निर्वाचन हुन नसक्दा संस्थामा तदर्थ समिति छन् । नेपाल रेडक्रस सोसाइटी विवादित बनेपछि रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइएफआरसीले दुबै पक्षलाई मान्यता नदिने पत्र लेखेको थियो ।

आइएफआरसीको नेपाल स्थित कार्यालयले सरोकारवालाहरुसँग राउण्ड टेबल बैठक गरेता पनि तार्किक विवाद मिल्न सकेको थिएन । वार्तालाई निरन्तरता दिनुपर्ने र निष्कर्षमा पुग्न दवाव सृजना गर्नका लागि संस्थाको स्रोत साधानहरु प्रयोग गर्न रोकिएको कर्मचारी संघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी गराए ।

कार्यकारिणीको कार्यकक्ष कर्मचारी संघले मंगलबारदेखि बन्द गरिदिएको छ । वर्तमान तदर्थ समितिले गरेको निर्णय कर्मचारीहरुलाई मान्य नहुने तिमिल्सिनाले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

मानवीय सेवाका लागि नेपाल रेडक्रस २०२० साल भदौ १९ गतेदेखि नेपालमा सुरु भएको थियो । संस्था दर्ता ऐन २०३४ अनुसार सञ्चालित नेपाल रेडक्रसले नियमित अधिवेशन गर्न सकेको छैन । संस्थामा अनियमितता भएको भन्दै गृह, परराष्ट्र, महिला तथा बालबालिका, समाज कल्याण, काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेका छन् ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode