पोखराको महायज्ञलाई ऐतिहासिक बनाउँछु -धर्मगुरु कृष्णमूर्ति

ललितपुर । आध्यात्मिक गुरु विजय कृष्णमूर्तिले पोखरामा आयोजना हुन लागेको ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ लाई पूर्ण सफल बनाउन आफू र आफ्नो टोली पूर्ण रूपले समर्पित रहेको बताएका छन्। आईतवार पत्रकार सम्मेलनमा बोल्दै उनले महायज्ञ निर्धारित मिति र स्थानमै सम्पन्न गरिने दाबी गरे। “जस्तोसुकै चुनौती आए पनि धर्म र समाज कल्याणका लागि समर्पित हाम्रो अभियान रोकिँदैन,” उनले दृढताका साथ भने।
कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सरवी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिभा, वाचन प्रवीण श्री दीनवन्धु पोखरेल, भागवत मञ्जरी राधिका दासी माता, प्रवक्तादेवी सुप्रिया, शंकराचार्य, जगत् गुरु, साधु, सन्त, महन्तलगायत विश्व प्रसिद्ध कथा वाचकर वाचिकाहरुबाट आशिर्वचन हुने जानकारी दिए । उनले पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबीसमेत गरे । उनले भने, “महायज्ञस्थलको हल भित्रबाट बाहिर आवाज निस्किने छैन ।”
कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ। महानगरपालिका कार्यालयले भने महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको आइतबार जनाएको छ ।
महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।
महायज्ञको नाममा भन्दै बरपिपलका रुख नपलाउने गरी ठुटै बनाएर मानव सेवा फाउन्डेसनले काटेको थियो । त्यसयता स्थानीय बासिन्दाले वरोध जनाइरहेका छन् भने पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यसको विरोध गरिरहेको छ पोखरा महानगरका अनुसार सहरका विभिन्न वडाका ३३ वटा सय वर्षभन्दा पुराना रुख ठुटै बनाएर काटिएका छन्।
चौतारा काटेर बनाइएको दाउरा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ। ती दाउरा आयोजकले लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेर राखेको अवस्थामा महानगरले नियन्त्रणमा लिएको हो।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया