ललितपुरको टाहाखेल-टिकाभैरव सडक बन्द गरेर मर्मत गर्दै गोदावरी नगरपालिका

ललितपुर । ललितपुरको टाहाखेल-टिकाभैरव सडक माघ ११ र १२ गते साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने भएको छ। गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण बाढी पहिरोले टाहाखेल-टिकाभैरव सडकमा ठूलो पहिरो गई सडकमा क्षति पुगेको थियो।
पहिरोले माटो थुप्रिएर सडक साँघुरो भएकोले उक्त सडकमा रहेको माटो पन्छाएर सवारी आवागमनलाई थप व्यवस्थित गर्न दुई दिन राति सडक बन्द गर्न लागिएको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । नगरपालिकाले सडक पूर्णरूपमा बन्द गरी सडकमा थुप्रिएको माटो पन्छाउने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आवान समेत गरेको छ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया