Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनए पोर्चुगललाई आवाज विहिनहरुको आवाज बनाउने नवनिर्वाचित अध्यक्ष दीपाको प्रतिबद्धता


पोर्चुगल । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले चयन भएकी छिन् । उनले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताएकी छिन् ।

राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई सँग नजिकबाट परिचित रहेको बताउदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताइन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा छर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएकोले सस्थामा हस्तक्षेपनै गर्नु परेको बताए । बिगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरे पछि अहिलेको अबस्था सृजना भएको उनको भनाई थियो । उनले आगामी दिनमा भुइ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाब दिए ।

कार्यक्रममा पुर्व अध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरिले पनि अब दीपा काफ्ले नेतृत्वको सघ नै आधिकारिक एनआरएनए भएकोले सघलाई जुन सुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गैर आवासीय नेपाली सघ पोर्चुगलका कार्यबाहक महासचिव दिपेस बिक्रम बिस्टले सन्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन लामाले स्वागत गरेका थिए भने स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी , राष्ट्रिय तामाङ धेदुङ सघ पोर्चुगलका अध्यक्ष इमान तामाङ लगाएतले सघले गर्ने हरेक रचनात्मक बिषयमा एक्यवद्धता रहने बताउदै शुभकामना मन्तव्य राखेका थिए ।


क्याटेगोरी : खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode