Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

रवि लामिछानेसँग तेस्रो दिन बयान लिन सुरु


ललितपुर । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज तेस्रो दिन पनि जारी छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार पोखराबाट भैरहवा पुर्‍याइएको थियो।

त्यही दिन र बुधबार गरी दुई दिन बयान लिँदा पनि नसकिएपछि आज तेस्रो दिन पनि लामिछानेसँग बयान लिने क्रम जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा सूर्यदर्शनसँगै सुप्रिम सहकारीबाट ठूलो रकम लगेको आरोप छ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ।

जसमध्ये लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ लगिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode