Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

नेपाली अण्डर १९ महिला क्रिकेट टिम विश्वकपमा छनोट, निर्णायक खेलमा बहादुरीपूर्ण प्रदर्शन


नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो । छनोटको अन्तिम तथा निर्णायक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएइलाई पराजित गरेपछि नेपाल विश्वकपमा पुगेको हो । अजमान स्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो । विश्वकपमा पुग्न नेपालले यस खेल १६.२ ओभर भित्र जित्नु पथ्र्यो ।

नेपालले १४.४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो । ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन् । साना प्रविण ४२ बलमा एक चौका प्रहार ३५ र सोनी पाख्रिन १९ बलमा १३ रन बनाइ अविजित रहिन् । सानाले विजयी चौका प्रहार गरेकी थिइन् । कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २÷२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् । यूएईबाट समिरा धरनिधरकाले ४८ बलमा ३१ रन बनाइन् ।

अंक तालिका

पहिलो लिगमा यूएईसँग पराजित भइसकेकोले बुधवारको खेलमा नेपाललाई विजय मात्र नभई उत्कृष्ट रन रेटसहितको जित आवश्यक थियो । यस्तोमा युवा नेपाली क्रिकेटरहरूले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जित निकालेका हुन् । डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको थियो भने नेपालले ५ मध्येको चार खेल जितेको थियो । अन्तिम खेलमा नेपालले युएइलाई स्तब्ध बनाउन सफल भयो ।

यसअघि युएइसँग १३ रनले हारेको नेपालले कुवेतलाई १०८ र १६५ तथा थाईल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो । महिला टोलीले अब अर्को वर्ष मलेशियामा हुने विश्वकपमा सहभागिता जनाउने छ । सोह्र राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेरसमूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode