Techie IT
  • २६ फागुन २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

रास्वपामा उपचुनावको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्रीलाई


ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीमा मंसिर १६ गते हुने उपनिर्वाचनको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पाएका छन्।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै पार्टी सभापति रवि लामिछानेलाई दिइएको अधिकार कार्यवाहक महामन्त्रीलाई दिइएको झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘यसै निर्णयबमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको छ,विज्ञप्तिमा भनिएको छ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode