पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

ललितपुर । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । २०६१ बैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।
गुरुङलाई मंगलबार बिहान काठमाडौंको स्वयम्भु नजिकै सानो भर्याङबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यसअघि पाटन उच्च अदालतले उनीविरुद्ध ५ वर्ष जेल सजायसहित फैसला गरेकोमा मनाङेले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । तर सर्वोच्च अदालतले पनि उच्चको फैसा सदर गिरिदिएको थियो ।
सर्वोच्चको फैसला सार्वजनिक भएपछि फरार रहेका मनाङेले केही दिनअघि विज्ञप्ति जारी गर्दै आदेशको पूर्णपाठ सार्वजनिक भएपछि आफू प्रहरीमा जाने बताएका थिए । तर त्यसअघि नै उनी पक्राउ परेका हुन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया