Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय


काठमाण्डौ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर आज न्यायाधीसद्वय सुबेदी र ढुंगानाको इजलासले उच्चको फैसला सदर गरेको हो । २०६१ सालमा मनाङेको समूहले अर्का डन मिलन चक्रेको समूहलाई तरबार हानेको थियो । सो प्रकरणमा प्रहरीले मनाङे समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

अदालतले सो प्रकरणमा मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो । सोही प्रकरणमा जोडिएका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाई पाएका थिए । सरकारी वकिलको कार्यालयले सो मुद्दालाई पाटन पुनरावेदन अदालतमा लग्यो । अदालते २०६९ मा मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । हाल सर्वोच्चले उक्त सजायलाई सदर गरेको हो । यससँगै मनाङेको सांसद् पद धरापमा परेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode