Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना


ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ । महासङ्घ ललितपुर शाखाको मंगलबार बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्वर्गीय धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिएका छन् ।

हामीले अहिले रु एक लाख राखेर कोष स्थापना गरेका छौँ, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ ।अध्यक्ष न्यौपानेले भने, संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्वपूर्ण हुनेछ । महासङ्घ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विसं २०७४ वैशाख २६ गते निधन भएको थियो । उनले वि।सं २००६ देखि पत्रकारिता गर्दै आएका थिए । शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्ष हुन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउनका लागि कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ । जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासङ्घ ललितपुर शाखाले लिएको छ ,सचिव कार्कीले भने ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode