Techie IT
  • ११ असार २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

खर्च कटौँतीको रणनिति:मन्त्री र उच्च कर्मचारी माथी लगाम विदेश जान रोक


काठमाडौं । मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारी अति आवश्यकबाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् । मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरिएको जानकारि दिनुभयो । देशमा बढिरहेको आर्थिक मन्दीको असर, विदेशी मुद्राको सञ्चितीमा आएको संकुचन, राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले यस्तो नीति लिएको आँकलन गरिएको छ ।

संघीय सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारी अति आवश्यकबाहेक विदेश भ्रमणमा जान नपाउने निर्णय गरेपनि अहिले प्रदेशका मन्त्री कर्मचारीसँगै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणको होड बाक्लिएको छ । संघीय सरकारले राज्यकोषमा पर्नसक्ने आर्थिक भारको व्यवस्थापनका लागि चालेको कदम तीनै तहका सरकारले लागू गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार, विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode