Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

रवि लामिछानेको कार्यक्रममा सहकारी पीडितको प्रदर्शन, चितवनमा झडप


चितवन । नारायणगढको नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच आज पनि घम्साघम्सी परेको छ । चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका रवि लामिछानेबिरुद्ध सहकारी पीडितले आज पनि प्रदर्शन गरेका छन् ।

शनिबार चितवनको नारायणी कला मन्दिरमा आयोजित एक कार्यक्रममा सहभागी हुदैगर्दा सहकारीपीडितहरुले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पिडीतहरु ब्यानर सहित नारालगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितर बितर पारेको थियो ।

त्यसपछी पनि कार्यक्रम स्थल पुगेका सहकारी पिडीतहरु कार्यक्रमस्थलबाहिरबाट प्रहरीले नियन्त्रणमासमेत लिएको थियो । सहकारी पिडीतहरुले भने आफुहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफुहरुमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

कार्यक्रममा आफ्ना कुरा राख्न भनेर सहकारी पीडितहरुका गएका गएका थिए । उनीहरुलाई गेटभित्र पस्न नदिएपछि जबरजस्ती भित्र गएर आफ्ना कुरा राख्ने कोसिस गरेकाहरुलाई भित्रैबाट ढुङ्गा र पानीको बोतल हानिएको थियो ।

त्यसपछि बाहिरबाट पनि सहकारीका पीडितले ढुंगा हान्दा प्रहरीलाई अवस्था नियन्त्रण गर्न केहीबेर अप्ठेरो परेको थियो । ढुंगा हानाहानमा केही सहकारी पीडित घाइते भएका छन् । यद्यपी उनीहरु पीडित नभएर कांग्रेस एमालेका कार्यकर्ता भएको रास्वपाले जनाएको छ । साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे ।

साहारा सहकारी बाट गोर्खा मिडीयामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने बिषयमा कुरा गर्न आउदा भित्र बाट एक्कासी पिडीत माथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए ।

पछिल्लो समय सहकारी पीडितहरुले उनी जहाँ गयो त्यही प्रदर्शन गर्दै आएका छन् । शुक्रबार मुग्लिङमा रविले आयोजना गरेको कार्यक्रममा पनि प्रदर्शन भएको थियो । राजनीतिक प्रभावमा परेर प्रहरीले लामिछानेलाई पक्राउ नगरेको पीडितको आरोप छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode