Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

बलात्कार मुद्दामा फसाइदिने भन्दै व्यक्तिसँग लेनदेन गरेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरको जिम्मेवारी खोसियो


ललितपुर । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode