Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

मंसिर ८ देखि अन्तर वडाब्यापी गोदावरी मेयरकप फुटबल आयोजना हुँदै


ललितपुर । गोदावरी नगरपालिकाले मंसिर ८ गतेदेखि अन्तर वडाब्यापी खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८१ सन्चालन गर्न भएको छ । स्थानिय तहमा रहेका खेलाडी लाई प्रोत्साहन र अवसर प्रदान गर्न वडा ब्यापी मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनले खोजमिसन न्युज लाई जानकारी दिए । साथै आगामी उपत्यकाब्यापी मेयर कपमा बलियो टिम निमार्णका लागि समेत खेलको आयोजना गर्न लागिएको उनले बताए

प्रतियोगिता गोदावरी–१० टाहाखेल, झ्यालुन्टारमा नगरपालिका आफैंले निर्माण गरेको गोदावरी बहुद्देश्यीय रंगशालामा सन्चालन हुनेछ । उक्त रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको १ सय ५ मिटर लम्बाइ र ५८ मिटर चौडाइ रहेको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा १४ वडाका १४ टिमले सहभागी जनाउने छन । विजेता र उपविजेता टिमले नगद पुरस्कारमा क्रमशः एक लाख र पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै अनुशासित टिम, म्यान अफ द म्याच ,उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको छ यद्यपी हाल सम्म पुरस्कारको रकम भने खुलाईएको छैन ।

प्रत्येक टिममा १६ जना खेलाडीहरु र चार जना अफिसियलसहित अधिकतम २० जना सहभागी हुने गोदावरी नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष एंवम खेलकुद संयोजक निरोज बज्रचार्यले खोजमिसन न्युज लाई जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न गोदावरी नगरपालिकाले मेयर कप फुटवल प्रतियोगिता सञ्चालन नियमावली २०८० नै बनाएको छ । त्यसै बमोजिम प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । खेलकुद संयोजक तथा वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यको नेतृत्वमा विज्ञसहितको कार्यान्वयन समिति गठन गरेर अधिकार समेत प्रत्यायोजन गरिएको छ ।


क्याटेगोरी : खेलकुद, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode