Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

भू-माफियाद्वारा धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा ?


ललितपुर । काठमाडौँ महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएको स्थानीयले बताएका छन। उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भै सकेको भेटिएको स्थानीय बताउछन्।

२०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भैरहेको छ । कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको जालमा फसेर उक्त विद्यालयको नाममा लालपूर्जासमेत भएको जग्गामा ब्यावसायिक भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ।

एकातिर काठमाडौँ महानगरपालिकाले सरकारी विद्यालयको जग्गा भाडामा लगाउन नपाउने नीति अख्तियार गरेर स्कूल एरियाका पसल, सटर जस्ता संरचनाहरूमाथि डोजर चलाउने अभियान थालेको छ भने अर्कोतिर कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले चाहिं व्यवसाय गर्ने ठेक्कामा दिने निर्णय गरेको देखिन्छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode