उदयपुरमा आमा छोराको विभत्स हत्याका आरोपी सार्वजनिक
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । कारीव १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ बर्षका तारा बहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको छ । अभियुक्त तारा बहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तब्य गरी हत्या गरेको व्यहोरा खुलेको प्रहरीले जनाएको छ । प्रतिवादी मगरको नाममा किटानी जाहेरी दरखास्त समेत परेको हुँदा प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया