Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

आईसीसी विश्वकप लिग टू मा नेपालले पिएनजीलाई हरायो, आसिफ शेखको कमाल


काठमाण्डौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले सहज जीत निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि नर्मन भानुवाले ६० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर टोनी उराले ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान असद भाला ४२ रन बनाउँदै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।

कुशल मल्लले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो । भीम सार्की ४४ रन र कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

विजयसँगैं नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले बाँकी रहेको तीन खेलमा १ मा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन तीनमध्ये तीन वटै खेल जित्नैपर्ने हुन्छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ । सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् ।

सात राष्ट्र सहभागि लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ । यूएई ३२ खेलमा ३१ अंकसहित छैटौ स्थानमा छ । पपुवा न्यु गिनी ३३ खेलमा ९ अंकका साथ पुछारमा छ । नेपालले आइतबार यूएई, सोमबार पपुवा न्यु गिनी र यूएईसँग बिहीबार खेल्दै छ । सिरिज अन्तर्गत फागुन २८ गते यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ भने फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा चैत २ गते नेपालले यूएईसँग खेल्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode