पशुपति कोटिहोमको आय व्यय विवरण सार्वजनिक,मंसिर देखि दुवै आश्रम निमार्ण गर्न घोषणा
आम्दानी भन्दा खर्च बढी
ललितपुर । पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोममा आम्दानी भन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ कोटीहोमका सकल्पकर्ता एंवम यसका आयोजक विजय कृष्णमुर्तिले विहीबार पत्रकार सम्मेलन गर्दै आय–व्यय विवरण सार्वजनिक गरेका हुन् ।
विजय कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको आयोजकको दाबी छ । उनले आफूलाई ७२ लाख ५० हजार बढी ऋण लागेको बताएका छन् । आयोजकका अनुसार सबैभन्दा बढी खर्च स्वयंसेवकका लागि भएको छ । स्वयंसेवकलाई मात्रै ४ करोड २६ लाख ५३ हजार ५० रुपैयाँ भुक्तानी दिएको सार्वजर्नीक विवरणमा उल्लेख छ ।
महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सो रकम प्राप्त भएका भने बचत हुने विजय कृष्णमुर्तिले बताए । उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो ।
दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए । मामाघर अनाथालय आश्रम र छोरीको घर जेष्ठ नागरिक आश्रम निमार्णथ आयोजना गरिएको कोटीहोम पश्चात आगामी मंसिर देखि दुईवटै आश्रमको निमार्ण कार्यको सुरुवात गरिने समेत विजयकृष्ण मुर्तिले जानकारी दिए । कोटी होम सफल बनाउन सञ्चारकर्मी र पत्रकारको उल्लेख्य भूमिका रहेको भन्दै उनले तारिफ गरे । कोटीहोम आयोजनाका लागि फाउण्डेसनले दुई वर्षसम्म मेहनत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
महायज्ञमा पत्रकारहरूमाथि हातपात भएको सन्दर्भमा विजय कृष्णमूर्तिले माफी मागेका थिए । महायज्ञमा केही कमी कमजोरी भएको अनुभव सुनाउदै फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिले आउँदा दिनमा व्यवस्थित बनाउने बताए । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको वनकाली हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया