Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

एकीकृत अखिल नेपाल शिक्षक संगठनले बुझायो गोदावरी नगरपालिकालाई ३१ बुँदे सुझाब पत्र


ललितपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन गोदावरीले नगर प्रमुखलाई आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम र बजेटका लागि ३१ बुँदे सुझाब पत्र बुझाएको छ । संगठनले बुधबार विद्यालय शिक्षासम्बन्धी सुझाब पत्र नगर प्रमुख गजेन्द्र महर्जनलाई बुझाएका हुन् ।

संगठनले आर्थिक वर्ष २०८१–८२ को बजेट तथा कार्यक्रम निर्माणमा पेशागत संघ संगठन तथा सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । त्यसैगरी विद्यालय शिक्षाको अल्पकालिन तथा दीर्घकालिन योजना निर्माण गरी लागु गर्न सुझाब दिइएको छ ।

नगरपालिका र वडाको समेत कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट हरेक वर्ष विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ । ३१ बुँदे सुझाबपत्रमा गोदावरीका विद्यार्थी गोदावरीमै भन्ने नारालाई सार्थक बनाउन आवश्यक नीति तथा कार्यक्रम तय गर्न जोड दिइएको छ ।

संगठनले पेशागत शिक्षकको हकहितमा लागि पनि नगरपालिका गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ । सुझाब पत्र ग्रहण गर्दै नगर प्रमुख महर्जनले स्रोत साधनको सिमा भित्र रहेर संगठनले उठाएका सवालहरुलाई सम्भावना भए सम्म सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नानीराम सञ्जेल र सचिव केशबप्रसाद घिमिरेले हस्ताक्षर गरेर सुझाब पत्र हस्तान्तरण गरेका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode