Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

मोडलिङमा जम्दै मोनिका बुढाथोकी : तिज गीतदेखि हिन्दी गीतसम्म


काठमाण्डौ । यस वर्षको तीज गीत ‘मलाई त अब त्यै केटा चाहियो’ ले मोडल मोनिका बुढाथोकीको करियरलाई उचाइमा पुर्याएको छ । ५ दिनअघि युटुबमा अपलोड गरिएको उक्त गीतले ९ लाख दर्शक पाइसकेको छ ।

गायिका रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीले संगित भरेका छन् । गीतको म्युजिक भिडियोमा मोडल मोनिका बुढाथोकी र रामहरी खड्काले अभिनय गरेका छन् ।

मोनिकाकै अभिनय रहेको हिन्दी गीत ‘हम मर जाएंगे’ तयारी अवस्थामा रहेको छ । सन्तोष सुनारको स्वर, राज गजमेरको निर्देशन रहेको भिडियोमा हरी पाण्डेलाई मोनिकाले अभिनयमा साथ दिएकी छन् ।

त्यसअघि मोनिकाको अभिनयमा मायाको अर्थ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मोनिका मोडल विमल अधिकारीको जोडी बनेकी छिन् । गीतमा प्रविशा अधिकारी र निराजन स्वर दिएका छन् ।

अहिलेसम्म मोनिकाले एक दर्जन गीतमा मोडलिङ गरिसकेकी छिन् । यति एयरलाइन्सको क्याबिन क्रुको जागीर छोडेर मोडलिङमा केन्द्रित भएकी हुन् ।

भविष्यमा राजनीतिमासमेत इच्छा भएको बताउँदै उनले गीतमा मोडलिङ गर्नेतर्फ केन्द्रित भर्एकी छिन् । तर चलचित्र क्षेत्रमा भने नजाने उनले बताइन् । चलचित्र क्षेत्रको विभिन्न पाटो हेर्दा आफूलाई उचित नलागेको उनले बताइन् ।

मोनिकाले ¥याम्प वाक तथा फेसन शोका ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । मोडल हन्ट नेपालको सिजन ८ (२०२३) मा उनी सेकेण्ड रनरअप हुनुका साथै मिस पपुलर क्याटागोरीको उपाधि जित्न सफल भएकी थिइन् ।

तस्विरमा हेर्नुहोस् मोनिका बुढाथोकीलाई :


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode