Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

भूकम्प पीडितकाे अस्थायी टहरा पहिराेले पुर्दा जाजरकाेटमा तीन जनाकाे मृत्यु


सुर्खेत । जाजरकोटमा भूकम्प पीडित अस्थायी टहरामा पहिराे खसेकाे छ । आइतबादेखि परेकाे बर्षाका कारण आएकाे उक्त पहिराेमा परी तीन जनाकाे मृत्युु भएकाे छ ।

जिल्लाकाे नलगाड नगरपालिका-२, काे माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेमा बाबु ४२ वर्षीय लालबहादुर परियार, आमा ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन् । प्रहरी प्रमुख पाण्डेका अनुसार प्रहरी घटनास्थलतर्फ खटिएकाे छ भने घटनाकाे थप विवरण आउन बाँकी छ । घटना गएराति २ बजेकाे हुन सक्ने प्रहरीले जनएकाे छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode