प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्र्नु ।
भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया