Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर नापी कार्यालयका सर्वेक्षक यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


ललितपुर । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेद र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले जग्गा हालसाबिक गराउनकालागि ४ लाख रुपैयाँ घुस लिएको आरोपमा त्यति नै रकम बिगो राखेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नापी र मालपोतका कर्मचारी तथा लेखापढी कानुन व्यवसायीको मिलेमतोमा जग्गा हालसाबिक गरेको र काम सम्पन्न भएपश्चात ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode