Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा ‘बडी वर्न क्यामेरा’सहितको क्यूआरटी


ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई प्रविधिमैत्री बनाएको छ । ललितपुर परिसर र मातहतका कार्यालयहरुमा क्युआरटीमा खटिने प्रहरीलाई ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् ।

नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले बडी वर्न क्यामेरासहितको क्युआरटीको उद्घाटन गरेका थिए । विपद्को अवस्थामा यथाशीघ्र उद्धार, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त कार्यसम्पादनका लागि भन्दै क्यूआरटी परिचालन हुँदै आएका छन् ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode