Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बंगलादेशकी प्रधानमन्त्रीको राजीनामा,सेनाकाे हेलिकप्टरमार्फत भारतमा शरण


ललितपुर । विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन्। सोमबार दिउँसो करिब साढे २ बजे देश छाडेर सैनिक हेलिकप्टरमा उनी भारततर्फ लागेकी हुन ।

आफ्नी बहिनी शेख रेहानालाई लिएर सुरक्षित ठाउँ तर्फ प्रस्थान गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । स्रोतको हवाला दिँदै ढाका ट्रिब्युनले उनीहरू दुवैजना भारतको पश्चिम बंगालतर्फ जाँदै गरेको बताएको छ

यता प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिना प्रधानमन्त्री पद त्याग्न बाध्य भएकी हुन। त्यहाँको स्थिति सम्हाल्न बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode