बागमती प्रदेशमा कांग्रेसबाट कोको भए मन्त्री ?
ललितपुर । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । यस्तै कांग्रेसले ३ मन्त्रीको नाम अझै टुंगो लगाउन सकेको छैन। यता एमालेका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको सपथ लिएका छन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया