Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

म रास्वपाको महामन्त्री पदमा कायमै छु : डा. मुकुल ढकाल


काठमाण्डौ । रास्वपाबाट कारबाहीमा परेका डा. मुकुल ढकालले आफू पार्टीको महामन्त्री र प्रवक्ता पदबाट मुक्त नभएको दाबी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको भनिए पनि प्रक्रिया नमिलेको ढकालको भनाइ छ । ऐनअनुसार स्पष्टिकरण सोधिएको अवधि पूरा हुन नदिइ कारबाही गर्नु दलको ऐन र रास्वपाको विधानविपरित भएको ढकालको दाबी छ । आफू अहिले पनि महामन्त्री पदमै यथावत रहेको ढकालले बताए ।

पुराना दलसँग मिल्ने प्रवृत्तिले आफूलाई मन नपराएर कारबाही गरिएको आरोप लगाएका छन् । पार्टी जोगाउनका लागि आफू नरम बन्न नसकेर कडा बन्दा नेतृत्वले नरुचाएको ढकालको दाबी छ । समिक्षा प्रतिवेदनका मुलभूत विषय सार्वजनिक गर्दा सभापति रवि लामिछानेसँग सल्लाह गरेको तर पछि अनावश्यक आरोप लगाएर आफूलाई दोषी देखाइएको ढकालको भनाइ छ । सामान्य विवाद सुरु भएपछि सभापतिलाई भेट्न खोज्दा समय नदिइएको पनि ढकालले बताए । केन्द्रिय समिति बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव राख्दा सभापति रवि लामिछानेले सबै केन्द्रिय सदस्यलाई धम्क्याएर आफू विरुद्ध खडा गरेको ढकालको भनाइ छ ।

सरकारले काम गर्न नसकेपछि जनतामाझ गएर आत्मालोचना गरौँ भन्दा आफूले धेरै काम गरेको दाबी लामिछानेले गरेको ढकालले बताए । उनले पार्टी निर्माणको सुरुवाती दिनदेखि आफूले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । रवि लामिछानेलाई जस दिएर रासकोट अस्पताल निर्माण पनि आफूले गरेको ढकालको दाबी छ ।

सहकारी प्रकरणमा सर्वोच्च अदालतले रविमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेकाले रास्वपा पार्टीभित्र पनि छानबिन समिति बनाउनुपर्ने मुकुलको भनाइ छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode