Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

टी–२० विश्वकप क्रिकेटको उपाधि भारत जित्यो


ललितपुर । भारतले १७ वर्षपछि आइसिसी टी–२० विश्वकपको उपाधि हात पारेको छ । फाईनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलो पटक उपाधि जितेको हो । पहिलो संस्करणमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए । २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे । क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका हार्दिक पाण्डेयाले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई÷दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो । भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । केशव महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए । मार्को जोन्सन र कागिसो रबाडाले समान एक÷एक विकेट लिए ।


क्याटेगोरी : खेलकुद, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode