Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

प्रेमिका टाढिएपछि प्रहरी जवान अजितले हानेआफैँलाई गोली


काठमाण्डौ । संघीय संसदको सुरक्षार्थ खटिएका एक प्रहरी जवान मृत फेला परेका छन् । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका जवान अजित गोलेको शव शौचालयमा फेला परेको हो । उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली पड्केको आवाज सुनेपछि सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा गएर हेर्दा आफैलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीको अनुसन्धानको क्रममा गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको छ । अविवाहित गोलेले इन्गेटमेन्ट ९टिकाटालो० भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन् ।

तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो ।

घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode