Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरका चार पालिकामा एमालेको नेतृत्व चयन बागमतीमा नवराज सन्जेल


ललितपुर । नेकपा एमाले ललितपुर जिल्ला कमिटिको नवौँ अधिवेशन पश्चात जेठ मसान्त सम्म स्थानिय अधिवेशनहरु सम्पन्न गर्नुपर्न केन्द्रीय कमिटिको सर्कुलर अनुसार ललितपुरका स्थानीय तहमा नेकपा एमालेको नयाँ नेतृत्व चयन हुने प्रकिृया अन्तीम चरणमा पुराएको छ ।

ललितपुरको गोदावरी, वागमती, महाँकाल र कोञ्ज्योसोम कमिटीका अधिवेशन सकिएसगै नयाँ नेतृत्व निर्वाचित भएका छन् । गोदावरी नगर कमिटिको अधिवेशनबाट विक्रम घिमिरे, बागमती गाउँपालिकामा नवराज सञ्जेल, कोन्ज्योसोममा कविन्द्र लामा, महाङ्कालमा राजकुमार अधिकारी निर्वाचित भएका हुन । गोदावरी नगर कमिटीको दोश्रो अधिवेशनबाट विक्रम घिमिरेको अध्यक्षतमा ७३ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ ।

नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग सर्वसम्मत चयन भएकी छिन भने सचिवमा अर्जुन सन्जेल निर्वाचित भए । उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । महिला उपसचिवमा कल्पना रामदाम निर्वाचित भएकी छन् । यस्तै एमाले दक्षिण ललितपुरको बाग्मती गाउँपालिका कमिटिको दोश्रो अधिवेशनबाट नवराज सञ्जेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

उपाध्यक्षमा भरत घिमिरे,सचिवमा लालबहादुर भोम्जन, उपसचिवमा सुदिप तिमल्सिना र शर्मिला तामाङ चयन भएका छन् । महाङ्कालल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा पनि अधिवेशन सम्पन्न भई सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेका छन् । महाङ्कालमा राजकुमार अधिकारी र कोन्ज्योसोममा कविन्द्र लामाको नेतृत्वमा नयाँ कमिटी चयन भएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको नयाँ नेतृत्व भने चयन हुन बाँकी छ । महालक्ष्मीको अधिवेशन यही जेठ ३० गते तोकिएको छ भने ललितपुर महानगरमा असार १ र २ गते अधिवेशन हुँदैछ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode