आलोचना भएपछि यूएन पार्क-कुपण्डोल सडकबाट पोल सार्न सुरु
ललितपुर । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि पोल सार्न सुरु भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न सुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया