सरकारविरुद्ध सडकमा कांग्रेस, प्रचण्ड, रवि र सभामुखविरुद्ध आन्दोलन
काठमाण्डौ । नेपाली कांग्रेसले यही जेठ १३ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा प्रदर्शनी मार्गमा आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए ।
सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता प्रवक्ता महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए । कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने माग गरेको छ । बैठकले सहकारी ठगी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने निर्णय गरेको हो ।
कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा पनि आवाज उठाउने भएको छ । त्यसैगरी सभामुखले गरेको संसदीय अभ्यास विरुद्धको गतिविधिको पनि विरोध गरेको छ । संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको कांग्रेसको ठहर छ ।
कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको आरोप लगाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया