Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डले लिए विश्वासको मत, बिग्रियो कांग्रेससँगको सम्बन्ध


काठमाण्डौ । नेपाली काँग्रेससहित विपक्षी विपक्षी दलका सांसदहरुको विरोध र नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा १ सय ५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखेका थिए ।

विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । त्यसमा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका थिए । वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री निकै आक्रोषित बनेका थिए । कांग्रेसले विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउने चेतावनी दिएका थिए । उनले भने,‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ । आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०–१२ पटक विश्वासको मत लिन्छु ।’

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode