Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

गृहमन्त्री लामिछाने भन्छन – जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ


ललितपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी ) लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए ।

पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ? प्रश्न गर्दै लामिछानेले भने, गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।

लामिछानेले राईलाई पक्राउ गर्न या नेपाल ल्याउन दुई देशबिचको सुपुर्दगी सन्धि बाधक बनेको पनि बताए । उनले त्यसका लागि मलेसियाका गृहमन्त्रीसँग आफूले १० – १५ मिनेट टेलिफोन संवाद गरेको भन्दै नतिजा आएपछि थप जानकारी दिने बताए ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode