गोदावरीमा डढेलो – मृतकका परिवारलाई राहत स्वरुप पाँच लाख उपलब्ध गराउने गोदावरी नगरपालिकाको निर्णय

ललितपुर – गोदावरी नगरपालिका भित्र लागेको डढेलो निभाउने क्रममा निधन भएका हरुको परिवारलाई गोदावरी नगरपालिकाले राहत स्वरुप तत्काल जनही ५/५ लाख दिने भएको छ।
नगरपालिकामा बुधबार बसेको आकस्मिक बैठकले गोदावरी ४ स्थित तपेश्वोर सामुदायिक बनमा डढेलो निभाउन जाँदा मृत्यु भएका रमेश पहरी र शंकर पहरिको परिवारलाई ५/५ लाख दिने निर्णय गरिएको जानकारी नगर प्रमुख गजेन्द्र महर्जनले दिए।
ललितपुरका एघार स्थानमा डढेलो लागिरहेको छ।ढढेलो अझै नियन्त्रणमा आउन सकिरहेको छैन।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया