Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर


ललितपुर । कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको थियो । भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गरेका छन् । मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका उनलाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जानेछन्।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode