Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मुद्धा दायर, कोको परे ?


काठमाण्डौ । नेपाल टि ट्वानटी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मात्र मुद्दा दर्ता गरिएको हो ।

आदिल आलमले आफुलाई स्पट फिक्सिङका लागि आएको प्रस्ताव अस्विकार गरेको र क्यानको एन्टी करप्सन युनिटलाई जानकारी दिएको बयान दिएका छन् । उनले आफ्नो कम्मर दुखेका बेला पनि खेलेकाले नो बल र वाइड हुन गएको जिकिर गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले भने स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् । सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।

मुद्धा दायर भएकामध्ये नविन कँडेल र रवि माझी फरार छन् । विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले जनाएको छ । नेपाल टी–२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरु समिर शेख, विरेन्द्र शाह र विकाश ध्यानी नेपालविरुद्ध पक्राउ परे वा उनीहरुको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode