Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

माओवादी एमालेबाट टाढिदै, राष्ट्रपति को बन्ला ? अधिकार प्रचण्डलाई


काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाउने माओवादीको निष्कर्ष छ । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा माओवादी कायम रहेको छ ।

बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको जानकारी दिए । गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादीको स्वार्थ रहेको र यसैमा केन्द्रीत रहेर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजि गरिने उनले बताए ।

बैठकअघि सञ्चारकर्मीसंग कुरा गर्दै महासचिव देव गुरुङले दल बिशेषको राष्ट्रपति बनाउने कुरा संविधान बिपरित भएको टिप्पणी गरेका थिए । एमाले पार्टी बिशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान बिपरित नै रहेको गुरुङको जिकिर छ ।

आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री दाालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । कांग्रेसको प्रस्तावमा पदाधिकारी बैठकले निर्णय लिने अपेक्षा गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् । पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको एमालेले दाबी गरेको छ । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल र दाहालबीच भेटवार्ता भएको थियो । यसले सत्ता गठबन्धनमा चरम अबिश्वास पैदा भएको छ ।।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode