Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

एसपी बढुवामा गृहमन्त्रीको हस्तक्षेप,प्रचण्ड र ओलीको चाकडी


ललितपुर । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले लामो समयदेखि रिक्त एसपी पदमा ८ जना डीएसपीको बढुवा गरेको हो । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए । नौ महिनादेखि रिक्त रहँदै आएको एसपी पदमा ठूलो रस्साकस्सीपछि हिजो राति बढुवा सिफारिस गरिएको हो । रिक्त पदमा समयमै बढुवा नगर्दा वृत्ति विकासलगायतमा असर परेको अधिकारीहरूले बताउँदै आएका थिए । साउन २० गते एक, भदौ १४ गते थप एक, मंसिर चार गते पाँच र माघ १६ गते थप एक गरी ८ जना एसपीको पद रिक्त रहँदै आएको थियो ।

डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा आईजीपी अध्यक्ष रहने व्यवस्था छ । राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजीपी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले ८जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेका छन ।

एसपी बढुवा वरियाताको पहिलो नम्बरमा लामो समय देखि चर्चामा नाम भएको अपराध अनुसन्धान मानवस्रोत ब्यावस्थापन शाखा महाराजगन्जमा कार्यरत डिएसपी प्रदिप क्षेत्रीको नाम भने बढुवा समितीले लिस्ट बाट नै नाम हटाएको छ । क्षेत्रि २०७२ भदौमा डीएसपी बनेका थिए् । यसरी वरियताको पहिलो नम्बरमा रहेको कार्यसम्पादनमा समेत उत्कृष्ठ रहेका प्रहरी अधिकृतको नाम वढुवा समितीले लिस्ट बाटै हटानु न्ययोचित देखिन्दैन । उक्त वढुवा लिस्टबाट क्षेत्रीको नाम हटाउन पर्ने कुनै आधार भने देखिदैन ।

यो भन्दा अगाडी डिएसपी क्षेत्री मधेश प्रदेश ईलाका प्रहरी कार्यलय सिमरामा कर्यरत थिए सो समयमा ६८ औँ प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरधाम धनुषमा आयोजित समारोहमा प्रमुख अतिथी माननिय सरोज कुमार यादव मार्फत प्रहरी महानिरीक्षक वसन्त कुँवरले इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन ९पुलिस व्याटन० व्यवस्थापनमा इलाका प्रहरी कार्यलय सिमरा इलाका प्रहरी कार्यलय मध्येकै उत्कृष्ट ठहरिएको थियो । यो भन्दा अगाडी पनि डिएसपी क्षेत्री पुरस्कृत नभएको भने होइन । २०७३मा अक्तियार दुरुपयोग अनुशन्धान आयोगको २६औँ स्थापना दिवसमा रु दश हजारको अक्तियार सेवा पुरुस्कारबाट समेत पुरुस्कृत भएका थिए ।

डिएसपी क्षेत्री विगत र हाल सम्म व्यक्तीगत र सांगाठानिक पृष्ठभुमिा राम्रो छवि बनाएको प्रहरी अधिकृत हुन । क्षेत्रिले २०७३÷१०÷२८मा नगद पुरुस्कार २०७४÷१२÷१८मा नगद पुरुस्कार ,२०७५÷०१÷३०मा काठमान्डौँ प्रहरी अर्वाड,२०७५÷११÷०७ मा नगद पुरुस्कार,२०७६÷९÷२३ मा नगद पुरुस्कार,२०७९÷०२÷१७ मा नगद पुरुस्कार,२०७९÷०८÷२०मा नगद पुरुस्कार,२०७९÷०९÷२९मा नगद पुरुस्कार,२०८०÷०५÷१९ मा नगद पुरुस्कार,२०८०÷०६÷२८मा नगद पुरुस्कार,२०८०÷०९÷२५मा नगद पुरुस्कार,पाप्त गरेका थिए ।

यसै गरि जितपुर सिमरा उपनगरपालिकाले समेत इलका प्रहरी कार्यलय सिमरा बारामा कार्यलय प्रमुखमा रुपमा रही आफ्नो कुशल जिम्बेवारी बहन गर्नुका साथै महानगरपालीकाको शान्तीशुरक्षा आफ्नो दक्ष क्षमताले सफल भएकोले कदर पत्र प्रदान गरेको थियो । हाल एसपी बढुवा सिफारीसमा परेका ८ जना मध्ये कुनै पनि प्रहरी अधिकृतले डिएसपी क्षेत्रीले पाएका पुरुस्कार र उत्कृष्ठताको उपाधी पाएका छैनन् ।

आईजिपी साहब आफ्नो इतिहास भुलेर यो भन्दा अगाडी गत बैशाखमा कार्यसम्पादानमा अब्बल रहेका प्रहरी अधिकृतहरुलाई समेत छुटाएर बरियताको आधारमा २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गर्नुभएको थियो होइन र ? पहुँच र राजनितिक पावर वाला भए पटक पटक बिबादमा र कारबाहीमा समेत परेको प्रहरी अधिकृत भएपनि वरियतामा अगाडी भएपछि बढुवामा आउन मिल्ने अनि अहिले भने वरियतामा पनि अगाडी पहिलो नम्बरमा रहेको र कार्यसम्पादनमा पनि उत्कृष्ट भएको भनि आइजिपीबाटै पुुुरस्कृत डिएसपी क्षेत्रीको नाम भने बढुवा लिस्ट बाटै हटाईनु के यो न्यायपुर्ण बढुवा सिफारिस भयो र ?

कार्य सम्पादनकै आधारमा आइजिपी साहब आफैले उत्कृष्टता घोषित गर्ने फेरि आफैले उत्कृष्ट मानेको अधिकृतको आत्मासम्मानमा चोट पु¥याउन र मनोबलगिराउन बढुवा समेत नदिने यो कस्तो प्रशासन र सुशासन हो ? कार्यसम्पादनमा उत्कृष्ठता भएर पुरुस्कृत हुनु के जघन्य अपराध गर्नु होर ? जसलाई कार्यसम्पादनमा उत्कृष्टताको उपाधी दिनुभयो उसैलाई बढुवा लिस्टबाट हटाउनु भयो आईजिपी साहब हजुरले दिनुभएको खोक्रो आडम्बरी उपाधी फिर्ता लैजानुहोस ।

फिल्डमा खटिएका प्रहरी अब्बल प्रहरी अधिकृतलाई उत्कृष्ठताको उपाधि दिएर क्षणिक हर्षित बनाउनु भन्दा यस्तो उपाधि नदिनु नै उचित हुन्छ होला नि होइन त आईजिपी साहब ? कार्यसम्पादनमा र सिनेरिटीमा अगाडी हुँदा हुदै पनि बढुवा हुन पहुच र राजनितीक पावर नै चाहिन्छ भने बिभागले दिएको अवार्ड फिर्ता लगे भैगो नि । साइबर अपराध अन्तर्गत पर्ने समाजमा फैलिएको फेसबुक ह्याक आतंक नियन्त्रणमा समेत प्रहरीको लाचरीपन देखिन्छ ।

नेपाल प्रहरीको साईबर ब्युरोमा फेसबुक ह्याक भयो दुरुपयोग भयो यो बन्द गरी पाउँ भनि उजुरी दिएको महिनौ बितीसक्दा समेत प्रहरीले केहि गर्न नसकेको देखिन्छ यो अपराध नियन्त्रण गर्न आबश्यक जनशक्ती तथा स्रोत साधन जुटाउन ध्यान दिनुभएको चाँहि खोइ त ? आइजिपी साहब ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode