ढोलाहिटी ‘ग्याङफाइट’मा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने ४ पक्राउ, १ जना फरार
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/03/fcb5207d-50d9-4ac7-b743-abfce22b108a.jpg)
ललितपुर । ललितपुर महानगरपालिका २६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका २ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ २ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । अन्य ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया