Techie IT
  • २ वैशाख २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एमाले ललितपुर अधिवेशन – १५ गते सबै प्रतिनिधि छनोट गरिने


ललितपुर । नेकपा  ( एमाले )  ललितपुर जिल्ला कमिटिको नवौँ जिल्ला अधिवेशन चैत्र २३ देखि २५ गते सम्म आयोजना हुँदै छ । जिल्ला अधिवेशनको तयारी तीव्र हुँदै गर्दा बुधवार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनका लागि तयार पारिएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस्तै बैठकले आगामी चैत्र १५ गते एकैदिन ७१ वटै वडाबाट प्रतिनिधि टुङ्ग्याउने निर्णय गरेको छ । साथै १६ गते सबै प्रतिनिधिको रेकर्ड जिल्ला पार्टी कार्यालयमा पठाउनु पर्ने बताइएको छ ।

प्रतिनिधि छनोटको लागि भूगोल तर्फ सबै वडा निर्वाचन क्षेत्र हुनेछ भने समावेशी तर्फ पालिका निर्वाचन क्षेत्र हुनेछ । प्रतिनिधि चयनको मापदण्ड अनुसार भूगोल तर्फ प्रत्येक १५ सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि र बाँकी ५० प्रतिशत कटेमा थप १ प्रतिनिधि निर्वाचित हुनेछन्।

यसैगरी समावेशी तर्फ प्रत्येक १० सङ्गठित सदस्य बराबर १ प्रतिनिधि निर्वाचित हुनेछन् । साथै अनुसूची १ को जनसंगठनबाट ३ जना तथा अनुसूची २ को जनसंगठनबाट २ जना प्रतिनिधि चयन हुनेछन् ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode